बलात्कार प्रमाणको रुपमा पेस गरिएको अडियोको विश्वसनियता नभएको भन्दै पललाई दिइयो सफाइ

पोखरा : नाबालिका बलात्कार गरेको अभियोगमा थुनामा रहेका कलाकार पूर्णविक्रम शाह (पल शाह)ले सफाइ पाएका छन्।

उच्च अदालत पोखराले प्रमाणका रुपमा पेस गरिएको अडियोकै विश्वसनियता नभएको र अन्य प्रमाणमासमेत बलात्कार पुष्टि गर्ने आधार नभएको भन्दै पललाई सफाइ दिएको हो।

उच्च अदालत पोखराका न्यायाधीशहरु डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले सफाइ दिएको हो। सफाइको पत्र सोमबार तनहुँ कारागारमा पुगेपछि रिहाइ हुने उच्च अदालत पोखराले बताएका छ।

साथै उनले सबै मुद्दाबाट क्लिन चिट पाएका छन्।

यसअघि तनुहँ र नवलपुर अदालतले शाहलाई बलात्कार मुद्दामा सफाइ दिएका थिए। तर तनहु अदालतले भने बाल यौन दुर्व्यवहारमा भने दोषी ठहर गर्दै साढे २ वर्ष कैदको सजाय सुनाएको थियो।

यस्तो छ पलको मुद्दाको फैसलाको संक्षित पाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?