दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिका- ४ डम्पिङ स्थित मर्स्याङ्दी नदीमा डुबेर एक जना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका –३ बिच बजारका ३६ वर्षीय मदन घिमिरेको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
शुक्रबार बिहान घरबाट सम्पर्क बिहिन भएपछि निजको श्रीमती सुनिता लामाले ईलाका प्रहरी कार्यालय आबुखैरेनी तनहुँमा निबेदनको आधारमा मृतक घिमिरेको खोजतलास गर्ने क्रममा जिल्ला तनहुँ आँबुखैरेनी- ४ डम्पिङ स्थितमा मर्स्याङ्दी नदीमा डुबेको अवस्थामा फेल परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँण जानकारी दिए।
ईलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरी टोली र शसस्त्र प्रहरी बल बिपत व्यस्थापन तालिम केन्द्र कुरिनटार चितवनबाट खटिई आएका गोताखोर टोली समेतले खोजतलास गर्ने क्रममा आइतवार बिहान साढे ७ बजे आँबुखैरेनी -४ डम्पिङ स्थित मर्स्याङ्दी नदीको करिव ४० मिटर तल गहिराईमा डुबिरहेको अवस्थामा फेला पारी मृत शव नदीबाट निकालिएको प्रहरी नायव उपरीक्षक खाँणको भनाई रहेको छ ।
उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?