वर्षमा कति हुन्छ बिदा ?

काठमाडौं : वर्षभरि ५२ शनिबार (बिदा) पर्छ । पर्व बिदाअन्तर्गत १ वैशाख (नयाँ वर्ष), किराँत समुदायको उभौली पर्व तथा चण्डी पूर्णिमा, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, छठ, उधौली, क्रिसमस, तमु ल्होसार, माघे संक्रान्ति, सोनाम ल्होसार, महाशिवरात्रि, ग्याल्पो ल्होसार, इस्लाम धर्मावलम्बीको बकर इद (इद उल अजहा), स्लाम धर्मावलम्बीकै इद (इद उल फित्र) र फागु पूर्णिमालाई बिदा दिइएको छ ।

त्यस्तै, फूलपातीदेखि द्वादशीसम्मको दसैँ, लक्ष्मीपूजादेखि भाइटीकासम्मको बिदा तिहारमा पनि दिइएको छ । दिवसहरूमा १८ वैशाखलाई मजदुर दिवस, १५ जेठमा गणतन्त्र दिवस, ३ असोजमा संविधान दिवस, ७ फागुनमा राष्ट्रिय प्रजातन्त्र दिवस र २४ फागुनमा अन्तर्राष्ट्रिय महिला दिवसका लागि पनि बिदा दिइएको छ ।

यस वर्षबाट २७ पुसमा राष्ट्रिय एकता दिवस (पृथ्वी जयन्ती) र १ फागुनमा जनयुद्ध दिवसका लागि बिदा दिइन थालिएको छ । जन्मजयन्ती बिदामा बुद्ध जयन्तीमा बिदा दिइएको छ ।

यसबाहेक सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थानविशेष, महिला कर्मचारी, अपांगता भएका कर्मचारी, शिक्षण संस्था, काठमाडौं उपत्यकाका जात्रालगायतमा सम्बन्धितलाई बिदा दिइएको छ ।

नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?