प्रदेश १ नामाकरण : विराटनगरका केही स्थान निषेधित क्षेत्र घोषणा

विराटनगर : जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ ।  प्रदेशसभाले आज नामको टुङ्गो लगाउने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेको हो ।

प्रदेशमा कोसी नाम राख्न एमाले, काङ्ग्रेस र माओवादी केन्द्र सहमत छन् । दलहरू भुगोलका आधारमा नाम राख्न सहमत भएपछि पहिचानका पक्षधरले आन्दोलन गर्ने सम्भावना रहेको भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

प्रशासनले प्रदेशसभा भवन अगाडि (विराटनगरस्थित देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म) जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र  मुख्यमन्त्रीको निवास वरवर आज दिउँसो ३ बजेदेखि अर्काे सुचना जारी नभएसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको हो ।

ती क्षेत्रमा कुनै किसिमका सभा, जुलुस, भेला र्याली, धर्नाजस्ता कार्यहरू नगर्न प्रशासनले आग्रह गरेको छ ।

प्रदेशको नामकरणको तयारी  भएएपछि प्रदेशका सबै जिल्ला प्रहरीले सतर्कता अपनाएको छ । अन्य क्षेत्रबाट राजधानी आउने सवारी जाँच पनि प्रहरीले कडाइ गरेको छ ।

हेर्नुहोस् सूचना

​​​​​​​
​​​​​​​

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?