
विराटनगर : प्रदेश १ प्रदेशसभा भित्र नाममाथि छलफल भइरहेको छ । तर बाहिर पहिचानको पक्षमा नाराबाजी भइरहेको छ । लिम्बूवान किरात संयुक्त संघर्ष समितिले नाराबाजी सहित कोसी प्रदेश प्रति आपत्ति जनाएका छन् ।
उनीहरूले प्रदेशको नाम लिम्बूवान–किरात राख्नुपर्ने भन्दै नाराबाजी गरिरहेका छन् । एमाले सांसद रामबहादुर राना मगरले प्रस्ताव गरेको नाम कोसी प्रदेश नाम प्रस्ताव गरेका थिए ।
यस्तै नेकपा एसका नेता राजेन्द्रकुमार राईले किरात–लिम्बुवान–सगरमाथा प्रदेश नाम राख्न प्रस्ताव पेश गरेका थिए ।
प्रदेशसभाको बहुमतले कोसी प्रदेशलाई छलफलका लागि स्विकार गरेपछि सभामुख बाबुराम गौतमले किराँत लिम्बुवान सगरमाथाको प्रस्ताव संवत अस्वीकृत भएको बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?