काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन प्रक्रिया आजदेखि सुरु हुँदै छ । त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले आउँदो चैत ५ गते गर्न लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया आजबाट सुरु हुन लागेको हो ।
सार्वजनिक निर्वाचन कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने विद्यार्थी संगठनले आज दिउँसो ३ बजेभित्र दर्ता गर्नुपर्नेछ । फागुन २१ गते मतदाता नामावली प्रकाशन हुनेछ भने नामावलीमा फागुन २५ गते दिउँसो १ बजेभित्रमा दाबी विरोध गर्न पाइनेछ । दाबी विरोधमाथि छानबिन गरेर सोही दिन साँझ ५ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गरिनेछ ।
फागुन २६ गते प्रत्यक्ष र समानुपातिकतर्फका उमेदवारको मनोनयनपत्र वितरण गर्ने कार्यतालिकामा उल्लेख छ । २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन गरिनेछ । सोही दिनको साँझ ५ बजेसम्ममा प्रत्यक्षतर्फका उमेदवारको नामावली प्रकाशन गर्ने सार्वजनिक कार्यतालिकामा उल्लेख छ ।
फागुन २८ गते बिहान ११ देखि दिउँसो २ बजेभित्रमा प्रत्यक्षतर्फका उमेदवारमाथि दाबी विरोधको समय छ । सोही दिन दाबी विरोधमाथि छलफलपछि अन्तिम नामावली प्रकाशन गरिनेछ ।
प्रत्यक्षतर्फ उमेदवारी दिएकाले २९ गते दिउँसो १ बजेसम्म फिर्ता लिने समय तोकिएको छ । सोही दिन दिउँसो २ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिका छ ।
चैत ५ गते बिहान ८ बजेदेखि त्रिविका देशभरका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ ।
सार्वजनिक निर्वाचन कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने विद्यार्थी संगठनले आज दिउँसो ३ बजेभित्र दर्ता गर्नुपर्नेछ । फागुन २१ गते मतदाता नामावली प्रकाशन हुनेछ भने नामावलीमा फागुन २५ गते दिउँसो १ बजेभित्रमा दाबी विरोध गर्न पाइनेछ । दाबी विरोधमाथि छानबिन गरेर सोही दिन साँझ ५ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?