
काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँ घटेको छ ।
आज छापावाल सुन तोलाको एक लाख दुई हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन बिहीबार सुन तोलाको एक लाख दुई हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन तोलाको एक लाख दुई हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ घटेको छ । आज चाँदी तोलाको एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?