क्याम्पस स्तरीय वक्तृत्वकला प्रतियोगितामा खरेल प्रथम

दमौली : जनयुद्ध अध्ययन प्रतिष्ठान नेपाल तनहुँद्वारा २८ औं जनयुद्ध दिवस एवं सहिद -सप्ताहका सन्दर्भमा आयोजित नेपालको इतिहासमा विषयक क्याम्पस स्तरीय वक्तृतकाल प्रतियोगितमा हरि खरेल प्रथम भएका छन् ।

शनिबार सम्पन्न भएको प्रतियोगिताम बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसका खरेल प्रथम भएका हुन् । प्रतियोगितामा दमौली कलेजका अर्पिता श्रीवास्तव द्वितीय, सहिद कृष्ण क्याम्पसका सुष्मा माकिम तृतीय भएका छन् ।

विजेतालाई क्रमश: सात हजार, पॉच हजार र तीन हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । तनहुँका विभिन्न क्याम्पस/कलेजहरुबाट ११ जनाको सहभागी रहेको थियो ।

सहभागीलाई ‘नेपालको इतिहासमा जनयुद्ध’  प्रतियोगिताको विषयमा आफ्नो प्रस्तुति राखेका थिए । जनयुद्व अध्ययन प्रतिष्ठानकी अध्यक्ष एवं पूर्व गण्डकी प्रदेश सभासदस्य आशा कोइराला, नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेशका सहसचिव अतिन्द्रकेशरी न्यौपाने, गण्डकी प्रदेश सचिवालय सदस्य सूर्य गौली लगायत उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?