तोलामा ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं : साप्ताहिक कारोबारको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य सामान्य बढेको छ। आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तोलामा ३०० रुपैयाँले बढेपछि आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ८०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँ कायम भएको छ।

यसअघि गत साताको अन्तिम कारोबार दिन (शुक्रबार) सुनको मूल्य तोलामा १०० रुपैयाँ घटेको थियो। शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ५०० र तेजाबी सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा किनबेच भएको थियो।

आइतबार चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेर प्रतितोला १ हजार २७५ रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँमा किनबेच भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?