आँबुखैरेनीबाट लागुऔषध सहित दुई पक्राउ

दमौली : पृथ्बीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ पुलजीपबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१८ बस्ने १८ वर्षीय विशाल सराव र कास्कीको पोखरा महानगरपालिका-१५ बस्ने ५४ वर्षीय जितेन्द्र गुरुङ रहेको प्रहरीले जनाएको छ।

वीरगञ्जबाट पोखरा तर्फ आउँदै गरेको ना ४ ख २५४९ नम्बरको बस चेकजाँच गर्ने क्रममा प्रहरीले लागुऔषध सहित दुई जना पक्राउ परेको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खॉणले जानकारी दिए ।

विशालको साथबाट डाइजेपाम १००, फेनरागन १००, नुफिन १०० गरी ३०० एम्पुल बरामद गरेको छ । निजलाई नियन्त्रणमा लिइ सोधपुछ गर्दा गुरुङ समेतलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक खॉणले बताए ।

दुवै विरुद्ध तनहुँ अदालतमा ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?