शिक्षक संघ चुनाव : करीब ७७ प्रतिशत मत खस्यो

दमौली : नेपाल शिक्षक संघ तनहुँको निर्वाचनमा तनहुँ जिल्ला भरबाट ७७ प्रतिशत मत खसेको छ।

कुल २ हजार २ सय १२ जना मतदाता मध्ये करिव ७७ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ।

अध्यक्षका लागि रमेशबाबु भट्टराई, भरत काफ्ले, ज्ञानेन्द्र न्यौपाने, उपेन्द्र विष्ट र चन्द्रमणि कोइरालाको उम्मेदवारी रहेको छ । उपाध्यक्षका लागि शिव पन्थ र अशोकचन्द्र वाग्ले, महिला उपाध्यक्षका लागि लक्ष्मी मल्ल र शान्ता बास्तोलाबीच प्रतिस्पर्धा रहेको छ ।

सचिव अर्थमा राजु ढकाल र कृष्णप्रसाद तिवारी, सहसचिव खुल्लामा खेमराज रेग्मी, गोविन्द खड्का, दयाराज कट्टेल र विजयराज खनालबीच प्रतिस्पर्धा रहेको छ  ।

। सहसचिव अर्थमा रिसीमाया राना मगर सर्वसम्मत भएकी छन् । सहसचिव समावेशीमा तुलबहादुर गुरुङ, नन्द बहादुर थापा, महेन्द्रकुमार श्रेष्ठ, विष्णुप्रसाद श्रेष्ठबीच प्रतिस्पर्धा रहेको छ ।

सहसचिव महिलामा शारदा अधिकारी र सचिव खुल्लामा नरेन्द्र न्यौपाने सर्वसम्मत भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?