व्यास नगरपालिकाद्वारा महिला कैदीबन्दीलाई स्मार्ट टिभी सहयोग

दमौली : अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा व्यास नगरपालिकाले तनहुँ कारागारका महिला कैदीबन्दीहरुका लागि स्मार्ट टिभी सहयोग गरेको छ ।

नगरपालिकाले बुधवार नारी दिवसको अवसर पारेर जिल्ला कारगर तनहुँमा रहेका महिला कैदीबन्दीहरुलाई ४३ इन्च को स्मार्ट टिभी प्रदान गरेको नगरपालिकाका प्रवक्ता एवं वडाध्यक्ष जीवन गुरुङले जानकारी दिए ।

व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरै टिभी मार्फत विभिन्न प्रकारका सन्देश मुलका हेरेर सकरात्मक सोचको विकास हुने उदेश्यले टिभी सहयोग गरेको बताइन ।

उक्त कार्यक्रममा व्यास -३ का वडाध्यक्ष अनुप राना , व्यास-२ का वडाध्यक्ष  काशिराम श्रेष्ठ ,व्यास -७ का कृष्ण न्यौपाने , कार्यपालिका सदस्यहरु , कमला घर्ती , निला घिमिरे लगायत उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?