दमौली : राष्ट्रपतिको निर्वाचन सँगै तनहुँ क्षेत्र १ मा उपनिर्वाचनको चर्चा चल्नु स्वभाविकै हो । गत प्रतिनिधी सभा निर्वाचनमा विद्रोहको मूडमा देखिएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराई र प्रदेश सदस्य डा. शेषरमण न्यौपाने अव हुने उपनिर्वाचनमा समेत स्वभाविक रुपमा दावेदार रहनेछन् ।
त्यस बेला विद्रोहबाट पछि हटेका गोविन्द भट्टराईलाई राष्ट्रिय सभामा लैजाने गरी सहमति भएको सार्वजनिक भए पनि डा.शेषरमण न्यौपाने किन पछि हटे भन्ने विषय बाहिर आउन सकेको छैन । केन्द्रिय पहुँचमा भट्टराई बलियो देखिएका छन् भने लोकप्रियताको दृष्टिकोणबाट न्यौपाने पनि उक्तिकै प्रभावशाली देखिन्छन् ।
युवा र शैक्षिक दृष्टिकोणले पनि भट्टराई पिएचडि गर्दै छन् भने डा. न्यौपाने पिएचडि र सुशासनको क्षेत्रमा लामो अनुभव हासिल गरेका छन् । समाज उत्थानको स्पष्ट सोच भएका जुझारु यी युवाहरु मध्ये एकको व्यवस्थापनको अवसर आएको जस्तो देखिएको छ ।
ता पनि नेपाली कांग्रेसमा हाल सम्म अवसर नपाएका पुराना नेताहरु रघुनाथ पौडेल र लक्ष्मी आचार्यको पनि सम्वोधन गर्न पर्ने दवावका कारण त्यति सहज भने देखिदैन । जे होस् रामचन्द्र पौडेलको सितलनिवासको यात्रा सँगै तनहुँमा नयाँ नेतृत्वको उदय हुनेछ ।
पौडेलको उत्तराधिकारी हुने दौडबाट जो चुनिए पनि उसका लागि आन्तरिक समन्वय र विश्वास आर्जन गर्दै अगाडि बढ्नु पर्ने यात्रा कठिन हुने निश्चित प्रायः छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?