
दमौली : तनहुँको व्यास नगरपालिका -२ दमौलीमा रहेको संगम क्लबको आर्थिक हिनामिना भएको भन्दै छानबिनको लागि प्रमुख जिल्ला अधिकारी छबिलाल रिजाललाई ज्ञापन पत्र बुझाएको छ ।
सोमवार क्लबका पूर्व अध्यक्ष मछिन्द्रा श्रेष्ठ, पूर्व कोषाध्यक्ष मंगलप्रसाद श्रेष्ठ, पूर्व सदस्यहरु गौँमाया श्रेष्ठ, चन्द्राबती पन्त, तिर्थराज पौडेल, सीता थापा तथा आजिवन सदस्य होम कुमारी श्रेष्ठ सहितको सयुक्त टोलीले ज्ञापनपत्र बुझाएको हो ।
क्लवका पूर्व सचिव सानुकाजी यथार्थले २०३७ सालमा क्लब स्थापना भई विभिन्न सामाजिक कार्यमा अग्रेणी भुमिका खेल्दै आएपनि पछिल्लो समयमा निकै ठुलो आर्थिक विवादमा फसेको र अपारदर्शी ढंगबाट पैसाको अपचलन गरेको र सामाजिक कार्यमा नलागि व्यक्तिगत स्वार्थमा हिडेको सो ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
वर्तमान अबैधानिक अध्यक्ष नरेन्द्रराज वाग्लेले आफु र आफ्नो एकाघरका सदस्यहरुलाई कार्यसमितिमा विधान विपरित राखी संगम क्लवको भवनबाट मासिक उठ्ने रु.७३ हजार ५ सय रकम मनोमानी ढंगबाट खर्च गर्ने गरेको आरोप लगाएका छन् ।
यसअघि गत असार १७ गते तनहुँका सहाक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रे समक्ष डेलिगेसन गई तीनवटा निणर्य गरिएको भएतापनि उक्त निर्णयहरु कार्यान्वयन नभएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?