ओलीले भने : अष्टलक्ष्मीले जित्नैपर्छ, एकदुई सांसद मिलाउनुस्

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यले जित्नैपर्ने बताएका छन् । यसका लागि हरेक सांसद र प्रदेशसभा सदस्यले अर्काे एक/दुई जनालाई मिलाउनुपर्ने उनले बताए ।

एमाले सांसद तथा प्रदेशसभा सदस्यहरुको अभिमुखीकरण कार्यक्रममा ओलीले सामान्य हिसाबमा एमालेको शक्ति कमजोर रहेको बताए ।

शाक्यले जित्नैपर्ने भन्दै उनले भने, ‘यसका लागि सबै पार्टीसँग कुरा गरिरहेका छौं । तपाईंहरुले पनि एकदुई जना मिलाउनुस्, अरुलाई पनि मिलाउनुस् । यसमा ह्वीप उल्लंघनको प्रश्न छैन ।’

उनले सांसद र प्रदेशसभा सदस्यको मत बदर हुन नहुने बताए । उनले भने, ‘मत बदर हुनु भनेको कि त बेइमानी गरेको हो, कि भोट हाल्न आउँदैन ।’ आसन ग्रहण गर्न लडाइ गर्ने नेताहरुलाई छाप हाल्न नआउनु सुहाउदो नहुने ओलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?