वाग्मतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

काठमाडौं : वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् ।

शुक्रबार बसेको वाग्मती प्रदेशसभाको बैठकमा जम्कट्टेलले दोश्रो पटक विश्वासको मत प्राप्त गरेका हुन् ।

विश्वासको मतका लागि भएको मतविभाजनमा जम्कट्टेलको पक्षमा ६७ मत परेको थियो भने विपक्षमा १७ मत परेको थियो । त्यस्तै, ७ सांसद तटस्थ रहेको वाग्मती प्रदेशका सभामुख भुवन पाठकले जानकारी दिए ।

जम्कट्टेललाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली दलले मत दिएको थियो भने विपक्षमा नेकपा (एमाले), राप्रपा र नेपाल मजदुर किसान पार्टी रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?