गण्डकी प्रदेशमा माओवादीका दुई मन्त्रीको राजीनामा

पोखरा : नेकपा माओवादी केन्द्रबाट गण्डकी प्रदेश सरकारमा सहभागी भएका दुई मन्त्रीले मुख्यमन्त्री खगराज अधिकारीलाई राजीनामा बुझाएका छन् ।

गण्डकी प्रदेश नेकपा माओवादी केन्द्रका दलका नेता एवम् भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रेशम जुग्जालीले मुख्यमन्त्री अधिकारीलाई आज राजीनामा बुझाएका हुन् ।

आज बिहान (शुक्रबार) माओवादी केन्द्रको संसदीय दलको बैठकले मुख्यमन्त्री अधिकारीलाई राजीनामा बुझाउँने निर्णय गरेको थियो ।

नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिदैं मुख्यमन्त्रीलाई दुई मन्त्रीले राजीनामा बुझाएका हुन् ।

माओवादी केन्द्र गण्डकी प्रदेश सरकारबाट बाहिरिए नेकपा एमालेका नेता खगराज अधिकारीले नेतृत्व गरेको प्रदेश सरकार अल्पमतमा परेको छ ।

गण्डकी नेपाली कांग्रेसका २७, एमालेको २२, माओवादी केन्द्रको ७ (सभामुखबाहेक), राप्रपाको २ र स्वतन्त्र सांसद हाल एकिकृत समाजवादी प्रवेश गरेका एक सांसद छन् । ६० सदस्य रहेको गण्डकीमा बहुमतका लागि ३१ सांसद चाहिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?