न्यौपाने र जंगलीले छाडे एकीकृत समाजवादी

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष केदार न्यौपाने र स्थायी कमिटी सदस्य चुँडामणि जंगलीले पार्टी छाडेका छन् ।

उनीहरुले पार्टीको साधरण सदस्यसमेत नरहने गरी राजीनामा दिएका थिए । नेकपा (एस) को आज (मंगलबार) बसेको केन्द्रीय सचिवालय बैठकले उनीहरुको राजीनामा स्वीकृत गरेको हो ।

उनले नेकपा एमाले फर्कने संकेत गरेका छन् । नेपालमा एमालेबाहेक अरु कम्युनिष्ट पार्टीको औचित्य नभएको भन्दै उनले एमाले फर्कने संकेत गरेका हुन् ।

जंगलीले फागुन दोस्रो हप्ता ह्वाट्सएपमार्फत पार्टी अध्यक्षसमक्ष राजीनामा बुझाएका थिए । जंगली नेकपा एकीकृत समाजवादीको गण्डकी प्रदेश सह–इन्चार्ज थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?