भुटानविरुद्ध हारबाट जोगिँदै फाइनल पुग्यो नेपाल

काठमाडौं : सब्सटिच्युट खेलाडी दीपक राजसिंह ठकुरीले इन्जुरी समयमा बराबरी गोल फर्काउँदा नेपाल प्रधानमन्त्री थ्रि नेसन्स कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा भुटानसँग हारबाट जोगिँदै फाइनल पुगेको छ ।

खेलको ९० औं मिनेटमा दीपक सिंह ठकुरीले गोल गरेपछि नेपालले भुटानसँग १-१ गोलको बराबरी खेलेको हो। त्यसअघि खेलको १९ औं मिनेटमा तेन्जिन नोर्बुले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए।

दावा छिरिङको कर्नरमा नोर्बुले हेडरमार्फत् उत्कृष्ट गोल गरे।

अब नेपालले चैत्र १७ गते साँझ पाँच बजे लाओससँग फाइनल खेल खेल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?