तनहुँ १ मा उपचुनाव लड्न नायक राजेश हमाललाई रास्वपाको प्रस्ताव

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाको उपचुनाव उठ्न नायक राजेश हमाललाई प्रस्ताव गरेको छ। वैशाख १० गते हुन लागेको उपचुनावमा स्वतन्त्र पार्टीले अरु कुनै दलसँग गठबन्धन नगर्ने निर्णय गरेको अवस्थामा उसले हमाललाई उम्मेदवार बन्न प्रस्ताव गरेको पार्टी निकट स्रोतले जानकारी दिए।

स्रोतले भन्यो, ‘उपचुनावमा हामी कोहीसँग पनि गठबन्धन गर्दैनौँ। उहाँलाई उम्मेदवार बन्न हामीले प्रस्ताव गरेका छौँ।’ तर यता मंसिरमा पराजित भएका रास्वपाका तनहुँ जिल्ला सभापति समेत रहेको विकास सिग्देलले अहिलेसम्म आफ्नो पनि दाबी रहने दमौली अनलाइन संग भने  ।

रास्वपाबाट व्यास–२ निवासी माधव बहादुर पन्त बन्दिपुरका सामाजिक सामजिक अभियन्ता नमस्तेलाल भूमि श्रेष्ठ र सामाजिक अभियन्ता सगर ढकालको समेत उम्मेदवार बन्ने चर्चा चलेको छ।

तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि त्यहाँ उपचुनाव हुन लागेको हो।

रामसाहायप्रसाद यादव उपराष्ट्रपति भएपछि रिक्त भएको बारा २ तथा चितवन २ मा पनि उपचुनाव हुँदैछ। चितवन २ मा स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादका कारण पद गुमेपछि सांसद पद खाली छ।

सत्ता गठबन्धनमा आबद्ध दलहरुले तनहुँ १ कांग्रेस, बारा २ जसपाबाट साझा उम्मेदवार हुने करिब निश्चित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?