तनहुँ-१ मा कांग्रेसले भट्टराईलाई उम्मेदवार बनाउने

दमौली : नेपाली कांग्रेसले तनहुँ-१  मा प्रतिनिधि सभा सदस्यका लागि  तनहुँ- १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष र नेपाल तरुण दलका पूर्व उपाध्यक्ष हुन् ।

तनहुँ- १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि उपनिवार्चन हुने भएको हो । तनहुँ-१ बाट उम्मेदार बनाइएका भट्टराई उनी काँग्रेसमा अवसर नपाएका नेताको रुपमा रहेका छन् ।

चितवन-२ मा आगामी वैशाख १० गते प्रतिनिध सभा सदस्यका लागि उपनिर्वाचन हुँदै छ ।

यसअघिका प्रतिनिधि सभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?