जनमतले तनहुँ–१ मा पनि उमेदवारी दिने

दमौली : सीके राउत नेतृत्वको जनमत पार्टीबाट आसन्न उपनिर्वाचनमा दुई क्षेत्रमा उमेदवारी दिने तयारी गरिएको छ । आउँदो वैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ–१ मा उमेदवार बनाइने जनमतका प्रवक्ता हरेन्द्र चौधरीले जानकारी दिए ।

सोही दिन चितवन–२ मा पनि उपनिर्वाचन हुँदै छ । उक्त निर्वाचन क्षेत्रमा उमेदवारीका लागि जनमतले दल दर्ता गराएको छैन ।

बारा–२ मा जनमतबाट शिवचन्द्र कुशवाह उमेदवार बन्ने र तनहुँ–१ को उमेदवारबारे निर्णय हुन बाँकी रहेको चौधरीले बताए ।

“बारा–२ र तनहुँ–१ मा उमेदवारी दिन्छौँ । चितवन–२ का लागि दल दर्ता गर्नै भ्याइएन,” उनले भने, “तनहुँको उमेदवार टुंगो लागिसकेको छैन ।”

(बाह्रखरी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?