काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले निर्वाचन संयोजकको जिम्मेवारीबाट राजीनामा दिएका छन् ।
उनलाई रास्वपाले वैशाख १० मा हुने बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि संयोजक तोकेको थियो ।
उनले व्यक्तिगत तथा स्वास्थ्यको कारण भूमिका निर्वाह गर्न नसकेको भन्दै संयोजक पदबाट राजीनामा दिएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?