वित्तीय शोषण बन्द गर्न लघुवित्तहरूलाई नेकपा बहुमत तनहुँको चेतावनी

दमौली  : नेकपा बहुमत तनहुँले  जिल्लामा सञ्चालित वित्तीय संस्थाहरूले महिलाहरूलाई मानसिक दबाब दिने, डरत्रास देखाउने, कुखुरा, बाख्रा, सवारी लाइसेन्स, मोबाइललगायत सामान खोसेर जनविरोधी, अमानवीय कार्य गरिरहेको भन्दै तत्काल त्यस्तो कार्य नरोके कडा सङ्घर्ष गर्ने चेतावनी दिएको छ ।

पार्टीका जिल्ला संयोजक सन्देश र इन्चार्ज आयमले जारी गरी त्यसप्रकारका शोषणमूलक संस्थाहरूलाई जनविरोधी हर्कतहरू बन्द गर्न चेतावनी दिएको जनाएको हो ।

विजयले प्रेस वक्तव्यमा भनेका छन्, ‘हाम्रो जनप्रिय पार्टी जनतन्त्रका पक्षमा निरन्तर सङ्घर्षरत रहेको सर्वविदितै छ । यसै सन्दर्भमा तनहुँ जिल्लामा लघुवित्त संस्थाहरूले जनतामाथि गरेको ज्यादतीविरुद्ध हाम्रो पार्टी बोल्दै आइरहेको छ । वित्तीय संस्थाहरूले गाउँटोलमा महिला दिदीबहिनीहरूलाई मानसिक दबाब दिने, डरत्रास देखाउने, उनीहरूका जिन्सीहरू, कुखुरा, बाख्रा, सवारी लाइसेन्स, मोबाइल आदि खोस्ने आदिजस्ता जनविरोधी कार्य गरिरहेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?