तनहुँ–१ मा एमालेबाट पूर्व आईजीपी खनालसहित ६ जनाको नाम सिफारिस

दमौली : नेकपा एमालेले आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ १ मा ६ जनाको नाम सिफारिस गरेको छ।

बुधबार पूर्व आईजीपी सर्वेन्द्र खनालसहित ६ जनाको नाम सिफारिस गरेको हो। यसअघि उक्त क्षेत्रमा स्थायी कमिटी सदस्य किरण गुरुङले उठ्ने चाहना राखेका थिए।

उनी यसअघि तनहुँ क्षेत्र नम्बर २ बाट निर्वाचन लडेर पराजित भएका हुन्। पूर्व आईजीपी खनालसहित रामबहादुर गुरुङ, मोहन विक, परितोस पौडेल, सोझा गुरुङ, किरण धितालको नाम सिफारिस गरिएको छ।

बिहीबार बसेको क्षेत्रीय कमिटीको बैठकले जिल्लामा आकांक्षीको नाम सिफारिस गरेको एकराज रानाले बताए। खनाल काठमाडौंबाट निर्वाचनमा पराजित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?