विज्ञापन गरेर सांसद डाँगीले मागिन् स्वकीय सचिव

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले सार्वजनिक रूपमा बिज्ञापन गरेर स्वकीय सचिव मागेकी छन् । सांसद डाँगीले बिहीबार विज्ञापनमार्फत स्वकीय सचिवको आवेदन दिन सूचित गरेकी हुन् ।

उनले कानुन वा राजनीतिक शास्त्रमा स्नातक गरेकाले स्वकीय सचिवमा आवेदन दिन सक्ने जानकारी दिएकी छन् ।

साथै महिलालाई विशेष ग्राहयता दिने उनको भनाई छ ।

प्रतिनिधिसभा सांसदले आफन्त र नातागोतालाई आफुखुसी स्वकिय सचिवमा नियुक्त गरिरहेका बेला सांसद डाँगीले यसरी विज्ञापन नै गरेर योग्य स्वकिय सचिवको खोजी गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?