
दमौली : नेपाली आँबुखैरेनी गाउँपालिकाका सभापति विष्णु बहादुर पन्त र जिल्ला सदस्य केशवनाथ खनालले पार्टी परित्याग गरेका छन् ।
शुक्रवार आँबुखैरेनीमा पत्रकार सम्मेलन गर्दै उनीहरुले पार्टी परित्याग गरेको बताएका हुन् ।
पन्त विगत स्थानीय , प्रदेश र प्रतिनिधिसभाका लागि कांग्रेसबाट आफूलाई टिकट पाउनु पर्ने दाबी गर्दै आएका थिए । तनहुँ – १ को उपनिर्वाचनमा समेत उनले दाबी थियो ।
पत्रकार सम्मेलनमा पन्तले आफू अहिले कुनै पनि पार्टीमा प्रवेश नगर्ने बताएका छन् ।
भानु नगरपालिकाका पार्टी उपसभापति श्याम जिसीसहितका ७ जना नेताले कांग्रेस परित्याग गरेको घोषणा गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?