तनहुँ-१ मा राप्रपाले शोभा गुरुङलाई उम्मेदवार बनाउने

दमौली : राष्ट्रिय प्रजातन्त्र पार्टीले  तनहुँ-१  मा प्रतिनिधि सभा सदस्यका लागि केन्द्रीय सदस्य शोभा गुरुङलाई उम्मेदवार बनाउने भएको छ ।

आइतबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको संसदीय समितिको बैठकले गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए। उनी बन्दीपुर गाउँपालिका निवासी हुन् ।

तनहुँ- १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि उपनिवार्चन हुने भएको हो ।

चितवन-२ मा जीबलाल पुरी र बारा-२ मा सोनेलाल साहलाई उमेदवार बनाउने निर्णय गरेको छ ।

चितवन-२ र बारा-२ मा आगामी वैशाख १० गते प्रतिनिध सभा सदस्यका लागि उपनिर्वाचन हुँदै छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?