काठमाडौं : नेकपा (एमाले)ले बारा–२ का लागि आज उमेदवारको टुंगो लगाउँदै छ । एमालेले आज उमेदवार टुंग्याउने र मनोनयन गराउने उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।
एमालेले चुनावमा अरूलाई समर्थन नगर्ने र पार्टीकै उमेदवार हुने उनकाे दाबी छ । “हामी अहिले कसैलाई सहयाेग गर्दैनाैँ । उमेदवारका बारेमा छलफल भइरहेकाे छ,” उनले भने ।
उपनिर्वाचन हुने तीनै क्षेत्रमा आज उमेदवारकाे मनाेनय हुँदै छ । तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनकाे उमेदवारी मनाेनयका लागि बिहान १० बजेदिखि साँझ ५ बजेसम्मकाे समय ताेकिएकाे निर्वाचन आयाेगले जनाएकाे छ ।
प्रमुख प्रतिपक्षी दल एमालेको शनिबार बसेकाे सचिवालय बैठकले तनहुँ १ मा सर्वेन्द्र खनाल र चितवन क्षेत्र नम्बर २ मा रामप्रसाद न्याैपानेलाई उमेदवार बनाउने निर्णय गरेकाे थियाे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?