दमौली : आगामी वैशाख १० मा हुने उपनिर्वाचनमा हुने तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा निर्वाचनका लागि शोभा गुरुङले उम्मेदवारी दर्ता गराएकी छिन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य समेत रहेका गुरुङले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
गुरुङको प्रस्तावकमा विनोद कुमार घर्ती र समर्थकमा तीर्थ पौडेल रहेका छन् ।
तनहुँ-१ मा यसअघिको निर्वाचनमा राप्रपाबाट उम्मेदवारी बनेका जिल्ला अध्यक्ष बिनोद घर्ती पराजित भएका थिए ।
उपनिर्वाचनको मतदान २०८० वैशाख १० गते हुनेछ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?