डा. स्वर्णिमको प्रस्तावकमा कांग्रेस तनहुँका पूर्व सचिव बाँस्तोला

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ -१ मा उम्मेदवार दिएका डा. स्वर्णिम वाग्ले प्रस्तावकमा नेपाली कांग्रेस तनहुँका पूर्व सचिव बाँस्तोला रहेका छन् ।

वाग्लेको प्रस्तावकमा बाँस्तोला र समर्थकमा डा . रुपक बिक घिमिरे रहेका छन् ।

एक वर्षअघि भएको स्थानीय तह चुनावमा कांग्रेस त्यागेका उनले मंसिरको चुनावमा रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी हालेका थिए ।

उनले त्यो उम्मेदवारी फिर्ता लिए पनि पौडेललाई सघाएनन् । उनी पनि धेरै समय देखि रास्वपा आउने चर्चा चलेपनि उनी आधिकारिक रूपमा आएका थिएनन् ।

यस्तै गण्डकी प्रदेशका पूर्व उर्जामन्त्री हरिशरण आचार्य पनि वाग्लेको पक्षमा खुलेका छन् । आचार्य छिमेकी जिल्ला गोरखाका हुन् ।

मनोनयन दर्ताअघि भएको कोणसभामा बास्तोला र आचार्य रास्वपाको पक्षमा खुलेका देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?