दमौली : आगामी वैशाख १० गते तनहुँ-१ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश समितिले सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।
पार्टीका प्रदेश सभापति राजन गौतमको अध्यक्षतामा बुधबार बसेको बैठकले ४३ सदस्यीय परिचालन समिति गठन गरेको पार्टीका प्रदेश प्रवक्ता विकास भुर्तेलले जानकारी दिए।
उनले निर्वाचन क्षेत्र अन्तर्गतका पॉच वटै पालिकामा समिति गठन गरिएको बताए ।
रास्वपाबाट तनहुँ -१ मा उम्मेदवार डा. स्वर्णिम वाग्ले रहेको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?