
चितवन :राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले त्रिभुवन विमानस्थलमा भ्रष्टाचारले सबै सीमा नाघेको बताएका छन्।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकको आकष्मिक समयमा बोल्ने क्रममा यात्रुका सुटकेससँगै शव बोकेका बाकस पनि कर्मचारीले फुटाउन थालेको दाबी गरे।
विदेशबाट ल्याइएका शवका बाकस पनि एयरपोर्टमा फोडिएको छ। गरगहना र महत्वपूर्ण सामान छन् कि भनेर लुट्न कर्मचारीले त्यसो गरिरहेका छन्, उनले भने, शव ल्याएका बाक्साहरु पनि फोडिएको देख्दा भ्रष्टचारको जरो कति गाडिएको छ भन्ने छर्लङ्ग भएको छ।
उनले लागुऔषध बोकेका कुरा नदेख्ने एयरपोर्टका कर्मचारी र प्रणालीले यात्रुका सुटकेस र बाकस फुटाइरहेको गुनासो गरे। उनले एयरपोर्ट र सामुदायिक विद्यालय देशको मुहार भएको बताउँदै जताततै भ्रष्टाचारले जरो गाडेको उल्लेख गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?