दमौली : तनहुँ- १ मा गठबन्धनले उच्च स्तरीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईलाई जीत हासिल गराउन निर्वाचन परिचालन गरिएको जनाएको छ।
यही वैशाख १० गते हुन गइरहेको तनहुँ–१ को उपनिर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा उच्च स्तरीय निर्वाचन समिति गठन गरेको हो ।
गठबन्धनमा आवद्ध तनहुँका राजनीतिक दलहरुको बिहीबार सम्पन्न सयुक्त बैठकले गठन गरेको नेपाली कांग्रेस तनहुँका सदस्य डम्बरबहादुर अधिकारीले जानकारी दिए ।
समितिको सदस्यहरुमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु प्रदीप पौडेल, धु्रव वाग्ले ,माओवादी केन्द्रका कोषाध्यक्ष श्रीराम ढकाल , माओवादीका केन्द्रका केन्द्रीय सदस्यहरु सुरेश आले मगर ,हरिबहादुर चुमन , आशा कोइराला रहेका छन्
त्यस्तैगरी एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य प्रतापलाल श्रेष्ठ , एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरु कृष्णकुमार श्रेष्ठ, कलिला खान, नेता विद्या ढकाल ,शंकर पोखरेल, जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारी सदस्य शिवलाल थापा, केन्द्रीय सदस्यहरु शर्मिला थापा आचार्य, पासाङ थापा, अर्जुन लम्साल रहेका छन्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?