दमाैली : तनहुँको बन्दीपुर गाउँपालिकाका नेकपा (माओवादी) केन्द्रका नेता भानुभक्त पोख्रेलले पार्टी परित्याग गरेका छन् । पोख्रेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेका हुन् ।
विज्ञप्ति जारी गर्दै उनले आमा मानिसलाई देश बन्दै छ भन्ने आशा जगाउन, भावी पुस्तालाई विश्वस्त पार्न, समग्र राज्य प्रणाली प्रति भरोसा जागृत गर्न हामीले सोच्ने बेला आएको बताए ।
देशलाई अगाडी बढाउन सम्भावना नदेखिएको हुँदा एउटा जनस्तरमा एकाकर भएको जनमुखी राजनीतिक यात्रामा ठूलो चुनौति सामना गर्दै क्रियाशील रहेको पार्टीबाट अलग भएको घोषणा गरेको पोख्रेलले बताए ।
उनले पूर्ण लोकतान्त्रिक प्रणाली माफत् जनमुखी, सुशासन र आर्थिक आत्मनिर्भरता सहितको कार्यक्रमबाट समाजवादी यात्राको लागि निराश परिस्थितिलाई आशामा बदल्न जनता, राष्ट्रप्रति निष्ठावाान राजनीतिक यात्रामा अघि बढ्न सबै समुदायलाई अपिल समेत गरेका छन्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?