
दमौली : राष्ट्रिय स्वतन्त्र पार्टीले भोलि शनिबार तनहुँका दुई स्थानमा सभा गर्ने भएको छ । वैशाख १० गते तनहुँ-१ मा हुने उपनिर्वाचनका लागि रास्वपाले आँबुखैरेनी र देवघाटमा सभा गर्न लागेको जिल्ला सभापति विकास सिग्देलले जानकारी दिए ।
आँबुखैरेनी बजारको शिव मन्दिर अगाडी र देवघाट-५ हाटबजारमा सभा हुने सो पार्टीले सिग्देलले बताए ।
दुवै सभालाई पार्टीका सभापति रवि लामिछाने लगायत केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाएको छ । रास्वपाबाट तनहुँ-१ मा डा. स्वर्णिम वाग्ले उम्मेदवार छन् ।
निर्वाचन आयोगले चितवन, बारा र तनहुँ जिल्लाभर आज देखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता लागू गरेको छ ।
आचारसंहिता अवधिभर तोकिएका निकाय, अधिकारी तथा व्यक्तिले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन, वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गर्न, नयाँ नीति, योजना वा कार्यक्रम घोषणा गर्न, स्वीकृति गर्न वा सञ्चालन गर्न, कुनै योजनाको शिलान्यास गर्ने, उद्घाटन गर्ने, सर्वेक्षण गर्ने, सम्भाव्यता अध्ययन गर्ने वा सोको लागि अनुदान दिने, कुनै राजनीतिक नियुक्तिको पद सिर्जना गर्न वा त्यस्ता पदमा नियुक्त गर्न नहुने आचारसंहितामा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?