देवघाट : नेपाली कांग्रेस नेता तथा प्रतिनिधी सभा उम्मेदवार गोविन्द भट्टराईले देवघाट लाई धार्मिक स्थलको रूपमा बिकास गर्ने बताएका छन् ।
शनिवार नेपाली काङ्ग्रेस देवघाट गाउँ कार्यसमितिले आयोजना गरेको शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराईले देवघाटको बिकासको लागि आँफु शक्तिमा हुँदा या नहुँदा सधैं लागिपर्ने बताए ।
मङ्सिर ४ मा गएको चुनावमा रामचन्द्र पौडेलले राष्ट्रपति भएपछि उहाँले जनता माझ गरेका प्रतिवद्धताहरू आँफुले पूरा गर्ने जिम्मेवारी आएको बताए ।
तनहुँको बिकासको लागि कार्ययोजना बनाएर अगाडि बढ्दा समस्याको समाधानमा सहयोग पुग्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा स्थानीयले सुकुम्बासी समस्या, घुमाउने र ठिमुराको पुल , कोटाको पुल , गाइघाटको पक्की पुल , सालिग्राम मार्ग स्तरोन्नति , संस्कृत विश्व बिद्यालय बनाउन पहल गर्न तथा नदीतटबन्धको समस्याको बारेमा राखेको जिज्ञासामा सबै समस्याको समाधान गर्न आफु प्रतिवद्ध भएर लाग्ने बताए ।
उक्त कार्यक्रममा प्रदेश सांसद बिमला गौचन , कांग्रेसका नेताहरु चिनु पोख्रेल, नेपाली काग्रेका श्याम मौरती, काजिमान श्रेष्ठ, इन्द्र थापा , भरत आचार्य , अर्जुन अधिकारी, रबिन्द्र गुरूङ, लक्ष्मीभक्त खनाल, माओवादीका भिम राना र दुर्गालाल गुरूङ लगायत उपस्थित रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?