पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा सुशील विष्ट निर्वाचित

काठमाडौं : ललितपुरस्थित पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा सुशील विष्ट निर्वाचित भएका छन्।

शनिबार राति सकिएको मतगणनाको परिणामअनुसार विष्ट निर्वाचित भएका हुन् । उनले ८४१ मत ल्याए भने अनेरास्ववियुका उम्मेदवार सुरेश जिसीले ६७२ मत ल्याए।

नेविसंघका इकाइ उपाध्यक्षसमेत रहेका विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए। पाटनमा नेविसंघकै आन्तरिक विवादका कारण चैत ५ गतेका लागि तय भएको निर्वाचन रोकिएको थियो।

क्याम्पसको स्ववियु  सचिवमा अविनाश भण्डारी, कोषाध्यक्षमा तिलक कुमाल निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?