राप्रपाले २९ गते दमौलीमा आमसभा गर्दै, लिङ्देन सहित चार नेताले सम्बोधन गर्ने

दमौली : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तनहुँको व्यास नगरपालिका -३ स्थित खुल्ला मैदानमा चुनावी आमसभा गर्ने भएको छ । राप्रपाले  यहि चैत २९ गते आमसभा गर्न लागेको हो ।

उपनिर्वाचनमा लक्षित आमसभामा जना शिर्ष नेताहरु सहभागी हुने तय भएको जिल्ला अध्यक्ष बिनोद घर्तीले जानकारी दिए । जसमा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणा, प्रवक्ता ज्ञानेन्द्र शाहीको सहभागी हुने भएको छ  ।

वैशाख १० गते हुने उपनिर्वाचनमा राप्रपाबाट तनहुँ–१ मा पार्टीका केन्द्रीय सदस्य शोभा गुरुङ उमेदवार छन् ।

गत मङ्सिरको निर्वाचनमा जिल्ला अध्यक्ष घर्ती तनहुँ -१ बाट पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?