
काठमाडौं । नेकपा (माअोवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माअोवादी केन्द्र छोडेका एमाले नेता लेखराज भट्टको घरमा पुगेर खाना आएका छन् ।
पूर्वमाओवादीलाई एक बनाउने अभियानमा रहेका अध्यक्ष प्रचण्डले भट्टको निवास धनगढी पुगेर सँगै खाना खाएका हुन् ।
भेटपछि अध्यक्ष प्रचण्डले भट्टको घर आफ्नो पनि भएको बताए ।“यो घर मेरो पनि हो, यहाँ मेरो एउटा कोठा छ सधै आएर बस्ने,” अध्यक्ष प्रचण्डले भने, “यो घरसँग मेरो भण्डै ४० वर्ष पूरानो सम्बन्ध छ ।”
उनले भेटका क्रममा देशको विषय र समसामयिक विषयमा सामान्य कुराकानी भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?