दमाैली : नेपाली कांग्रेसका तर्फबाट तनहुँ -१ का उम्मेदवार गाेविन्द भट्टराईले मतादाता रिजाउनका लागि आफु लोकल टुरिस्ट भएको बताएका छन् ।
उनले निर्वाचनका क्रममा जनताका घरदैलाेमा पुग्दा उनले भने, ‘म त यही तनहुँको माटोमा जन्मे हुर्केको जीवन नै यही घुमेर , सेवा गरेर बिताएको ‘लोकल टुरिस्ट’।
उनले भने :” ठुलढुङ्गा पुगेको थिए । म यहाँ जति पटक आएको छु मेरा शुभेच्छुकहरूले दिने माया, स्नेह र अपनत्वले जहिले प्रफुल्लित भएको छु।”
“ठुलढुङ्गा जस्तै आतिथ्य, रहनसहन र संस्कृति भएकै कारण हाम्रो तनहुँ पर्यटकका लागी आकर्षक गन्तव्य भएको छ।” उनले भने ” म यहाँको थप प्रवर्द्धनमा सदाझैँ तपाईँहरू सँगै छु र हुनेछु।”








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?