चन्द्रावती पुगेर सर्वेन्द्रले भने : भानुलाई साहित्यिक पर्यटनको केन्द्र बनाउन पहल गर्छु

दमौली :  नेकपा एमालेका तर्फबाट तनहुँ-१ का उम्मेदवार सर्वेन्द्र खनालले भानुको चन्द्रावती पुगेर भानुलाई साहित्यिक पर्यटनको केन्द्र बनाउन पहल गर्ने बताएका छन् ।

सोमबार भानु नगरपालिकाको चन्द्रावती पुगेर खनालले भानुलाई साहित्यिक पर्यटनको केन्द्र बनाउन पहल गर्ने बताएका हुन् ।

भानुभक्त आचार्यको जन्मथलो ओझेलमा रहेको भन्दै यसलाई साहित्यिक पर्यटनको केन्द्र बनाउन पहल गर्ने बताए ।

“जन्मभूमिमा आइपुग्दा गौरवको अनूभूति भएको छ ” उनले भने ” यहॉका आम मतदाताले म प्रति गर्नुभएको विश्वासलाई गुम्न दिन्न ।”

सोमबार भानुका विभिन्न ठाउँमा मतदाता भेटघाट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?