गाेविन्द भट्टराईलाई मतदाताले भने : गाउँठाउँलाई नबिर्सनु है ,सम्झनुहोस

दमाैली :   नेपाली कांग्रेसका तर्फबाट तनहुँ -१ का उम्मेदवार गाेविन्द भट्टराईलाई मतादाताले गाउँठाउँलाई नबिर्सन आग्रह गरेका छन् ।

सोमवार भानुका मतदाता संग भेटघाट क्रममा एक जना मतदाताले उनलाई गाउँठाउँ सम्झिरहन आग्रह गरेका हुन् । उनले भनेका छन् : नबिर्स्नुस है गाउँठाउँ एकदम सम्झनुस यताउता , यही हो अरु गरौला अब । ”

भट्टराईले प्रश्नको उत्तर दिदै भनेको छन् : बिर्सिन्न मेरो आफ्नै ठाउँ हो, बिर्सिन्न । उनले निर्वाचनका क्रममा जनताका घरदैलाेमा पुग्दा उनले भने, ‘हामीले देखेका थुप्रै सपना साकार पार्नु छ। हाम्रा मुद्दालाई केन्द्र सम्म पुर्‍याउने अवसर छ। ”

उनले थपे : यस पटक मलाई हजुरहरूको साथको सबै भन्दा धेरै खाँचो छ। सधैँ जस्तो माया पाउने छु भन्ने विश्वास पनि छ। हामी सबै मिलेर तनहुँको तिर्खा मेट्ने यात्रा अझै दरिलो बनाउने छौँ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?