मंसिर ४ को चुनावमा तनहुँ १ बाट चुनाव जितेको कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति भएपछि सो क्षेत्रमा उपचुनाव हँदैछ । २०७४ सालको चुनावमा कांग्रेसका उम्मेदवार पौडेल एमाले उम्मेदवार किसान श्रेष्ठसँग पराजित भएका थिए । सो बेला पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै कांग्रेस अनुशासन समितिले नेता गोविन्दराज जोशीलाई ५ वर्ष साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।
कांग्रेसले उपचुनावको मुखमा जोशीविरुद्धको कारबाही फिर्ता गरेको छ । यसअघि भएका सबै कारबाही फिर्ता गर्दै कांग्रेसले भट्टराईका लागि अनुकूल हुने निर्णय गरेको हो । आफूसँग परामर्श नभएकाले कारबाही फिर्तालाई नमान्ने जोशीले बताउँदै आएका छन् ।
जोशीले राखेका छबुँदे मागहरू:
१. गोविन्दराज जोशीलाई सम्मानजनक भूमिकासहित लैजानुपर्यो ।
२. तनहुँ कांग्रेसमा जोशी समूहबाट ३३ प्रतिशत भूमिका हुनुपर्छ, कहाँ कसलाई जिम्मेवारी दिने हो, दिनुपर्यो ।
३. बीपी विचार समाजका पदाधिकारी र केन्द्रीय सदस्यको व्यवस्थापन गर्नुपर्यो ।
४. ममाथि तनहुँमा स्थानीय चुनावका बेला भएको हमला छानबिन गरी राहत दिने व्यवस्था गर्नुपर्यो ।
५. २०४६ सालदेखि कांग्रेसबाट बाहिर गएकाहरूलाई पार्टीमा ल्याउनुपर्यो ।
६. भ्रातृ संस्थामा व्यवस्थापनका साथै प्रदेश, जिल्ला, क्षेत्र, वडामा व्यवस्थापन हुनुपर्यो ।
तनहुँ १ मा उपचुनावमा सहयोग गर्न नेपाली कांग्रेसले कारबाहीमा परेका पूर्वनेता गोविन्दराज जोशीलाई सघाउन आग्रह गरिरहेको छ । तर, जोशी समूहले भने ६ बुँदे माग राखेको छ ।
गोविन्दराज जोशीका छोरा दीपकराज जोशीले आफ्नो समूहको माग कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष राखिसकेका छन् ।
हामीले राखेका मागहरूमा छलफल भए पनि निर्णय भएको छैन । कांग्रेसले निर्णय दिइनसकेकाले प्रतीक्षामा छौँ,’ जोशीले भने । माग पूरा भएमा कांग्रेसमा सक्रिय हुने र नभए के गर्ने भन्ने थाहा नभएको उनी बताउँछन् । ‘हामीले भनेको जस्तो भयो भने कांग्रेसमा जान्छौँ, भएन भने के हुन्छ अहिले केही थाहा छैन,’ उनले भने ।
कांग्रेसबाट कार्यकर्ता बहिर्गमनको समयमा पार्टीमा सक्रिय हुनका लागि कांग्रेस बनाउन गर्नुपर्ने सबै काम गर्नुपर्ने सर्त राखेका छन् । ‘कांग्रेस बनाउन केके गर्नुपर्छ, त्यो गर्नुपर्ने हाम्रो माग छ । त्यो जायज माग होला । आफू मात्र किन जाने, एजेन्डा लिएर जानुपर्छ । सबै कांग्रेसबाट बाहिर गएको बेलामा हामी कांग्रेसमा जाँदैछौँ,’ उनले भने ।
स्थानीय तहको चुनावमा व्यास नगरपालिका प्रमुखमा उम्मेदवारी दिएका थिए जोशीले । सो बेला उनीमाथि हमला भएको थियो । उनले कांग्रेसमा फर्किनका लागि प्रस्ट कारण खोजिरहेका छन् । ‘जाहेरी दिँदा पनि मुद्दा दर्ता भएन । यत्तिकै जाँदा किन गएको भन्ने प्रश्न आउँछ । तपाईंलाई पिट्ने कांग्रेसमा किन गएको भन्ने प्रश्नको जवाफ त दिनपर्यो नि मैले,’ जोशीले भने ।
मंसिर ४ को चुनावमा रास्वपाको १२ हजार मत आफूले हालेको जोशी समूहको दाबी छ । ‘रास्वपाको १२ हजार भोट उम्मेदवार नभए पनि हामीले हालिदिएका हौँ । सहमति भएन भने योपटक पनि कांग्रेसलाई भोट हाल्दैनौँ,’ जोशी समूहका एक नेताले भने ।
२५ हजार ३६१ मत प्राप्त गरेका थिए । पौडेल ५ हजार ३८० मतान्तरले निर्वाचित भएका थिए । उनलाई गठबन्धनको दल कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायतको साथ थियो । अहिले सत्तारुढ गठबन्धनमा पनि तिनै दल छन् । पौडेल राष्ट्रपति भएपछि सो क्षेत्रमा उपचुनाव हुन लागेको हो ।
पौडेलका निकटतम प्रतिस्पर्धी एमालेका एकबहादुर रानामगरले १९ हजार ९८१ मत प्राप्त गरेका थिए । यस्तै, स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस पूर्वनेता गोविन्दराज जोशीले ६ हजार ८८६ मत प्राप्त गरेका थिए ।
यो क्षेत्रमा समानुपातिकतर्फ कांग्रेसले २० हजार १८५ मत पाएको थियो । त्यस्तै, दोस्रो दल बनेको एमालेको मत १६ हजार ६८३ मत, रास्वपाले १२ हजार ७७३ मत प्राप्त गरेको छ । त्यस्तै, यहाँ माओवादीले मंसिर ४ को निर्वाचनमा ७ हजार ३२६ र राप्रपाले ३ हजार ७७५ मत प्राप्त गरेको थियो ।
तनहुँ १ मा १ लाख २३ हजार ३०५ मतदाता छन् । निर्वाचन आयोगका अनुसार मंसिर ४ मा भएको निर्वाचनभन्दा १८५ मतदाता यो क्षेत्रमा घटेका छन् ।
शिलापत्र
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?