युवाहरुसँग भेट्दै भट्टराईले भने- नयाँ वर्षमा तनहुँको नयाँ भविष्यको बाटो कोर्ने यात्रामा छु

दमाैली : नेपाली काङ्ग्रेसका तर्फबाट तनहुँ-१ प्रतिनिधिसभा सदस्य उम्मेदवार गाेविन्द भट्टराईले आफु नयाँ वर्षमा तनहुँको नयाँ भविष्यको बाटो कोर्ने यात्रामा रहेको बताएका छन्  ।

नयाँ वर्षकाे दिन शुक्रबार उनले व्यास-३ स्थित बास्केटबल काेर्टमा खेल्दै गरेका केही युवासँग संवाद गरेकागर्दै उनले नयाँ वर्षमा तनहुँको नयाँ भविष्यको बाटो कोर्ने यात्रामा रहेको बताएका हुन्   ।

उनले भनेका छन्, ‘नयाँ जोश र जाँगर भएका युवासँग । आफ्नै भूमिमा केही गर्ने सपना बोकेका युवासँगको भविष्य सम्वाद । नयाँ वर्षमा तनहुँको नयाँ भविष्यको बाटो कोर्ने यात्रामा यी युवाजस्तै तपाईं सबैको अझ बढी साथ खोजेको छु ।’

बैशाख १० गते हुने उपनिर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका गोबिन्द भट्टराई , नेकपा (एमाले)बाट सर्वेन्द्र खनाल , राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. स्वर्णिम वाग्ले सहित ९ जनाको उम्मेदवारी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?