घरघरमा पुगेर मतदाताका गुनासो सुन्दै गोविन्द भट्टराई

दमौली : वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचन नेपाली कांग्रेसका तर्फबाट तनहुँ-१ का उम्मेदवार गोविन्द भट्टराईले मतदाताको गुनासो सुन्दै घरदैलोलाई तीव्र बनाएका छन् ।

भट्टराईले तनहुँ क्षेत्र नम्बर १ मा पर्ने प्रत्येक गाउँमा पुगेर स्थानीय मतदाताको गुनासो सुन्ने गरेका हुन् ।

उम्मेदवार भट्टराईले घरदैलोका क्रममा मतदाताहरुले गरेको गुनासो सम्बोधन गर्ने बताएका छन् । स्थानीयले भट्टराईसँग खानेपानी, सडक, स्वास्थ्य र शिक्षाका बारेमा गुनासा गरेका थिए । यस क्षेत्रमा बाँकी रहेका स्वास्थ्य, शिक्षा, सडक, खानेपानीलगायत जनताको समस्या सम्बोधन गर्न आफू हरदम तयार रहेको भट्टराईले बताए ।

आफू यही तनहुँमा पढेको र बढेको उल्लेख गर्दै तनहुँका जनताको गुनासाका बारेमा जानकार भएकाले यहाँको समस्या समाधान गर्नका लागि खरोरुपमा उत्रने भट्टराईले बताए ।

निर्वाचित भएर गएपछि आफू आफ्नो निर्वाचन क्षेत्रमा निरन्तर आउने र मतदाताको गुनासो र समस्या समाधानमा प्रतिबद्ध रहने भट्टराईले बताए । यस क्षेत्रका मतदाताहरुले भट्टराईलाई स्वागत गर्दै अबिर र टीका लगाएर जितका लागि आशिर्वाद एवम् शुभकामना दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?