दमौली : नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले वीपी कोइरालाकै बाटोमा देश हिडिरहेको बताएका छन्।
सत्ता गठबन्धनले शनिबार व्यास नगरपालिका –२ मा गरेको उपनिर्वाचन सभामा डा. रिजालले सो कुरा बताएको हो ।
वीपी कोइरालाले देखाएको समाजवादको सपना पूरा गर्न एकता निर्माण गरिएको उनको भनाइ छ । समाजवादअनुसारको आवश्यकता पूरा गर्न गठबन्धन सरकार निर्माण गरी एकता गरिएको उनले बताए ।
कांग्रेसले आन्दोलन गरेर राणा शासनको अन्त्य गरेको, प्रजातन्त्र स्थापना गरेको, माओवादी युद्धलाई शान्तिमा परिणत गरेको उनले दावी गरे ।नेता रिजालले कांगेसकै नेतृत्वमा सबै परिवर्तन सम्भव भएको बताए ।
२०३६ सालमा तनहुँको जनसभामा वीपी कोइरालको सम्बोधन गर्ने समयमा पृथ्वी राजमार्गमा ५० वटा गाडी गुड्ने गरेकोमा हाल हजारौं गुड्ने भएको उनले बताए ।
धेरै ठूलो उपलब्धी हासिल भएको र आकांक्षालाई प्राप्त गर्न समाज गतिशील एवम् परिवर्तशील भएकाले लोकतन्त्रको बाटोबाट मात्रै परिवर्तन सम्भव भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?