हालान्ड चम्किँदा म्यानचेस्टर सिटीको सहज जित

काठमाडौं : नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्ड चम्किँदा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ।  शनिबार राति भएको खेलमा सिटीले लेस्टर सिटीलाई ३-१ गोल अन्तरले हरायो।

सिटीको जितमा एर्लिङ हालान्डले २ गोल गरे। जोन स्टोन्सले १ गोल गरे। लेस्टरका केलिची इहानाचोले १ गोल फर्काए।

खेलको पाँचौं मिनेटमा नै जोन स्टोन्स गर्दै सिटीलाई म्यानचेस्टर सिटीलाई अग्रता दिलाएका थिए। १३औं मिनेटमा पेनाल्टीमार्फ्त गोल गर्दै हालान्डले सिटीको अग्रता दोब्बर पारे।

खेलको २५औं मिनेटमा हालान्डले दोस्रो गोल गर्दै पहिलो हाफमा म्यानचेस्टर सिटीलाई ३–० को सहज स्थितिमा पुर्‍याए।

खेलको ७५औं मिनेटमा मात्रै लेस्टर सिटीका केलिची इहानाचोले १ गोल फर्काए। लेस्टरबाट अरु गोल हुन नसक्दा म्यानचेस्टर सिटी ३–१ ले विजयी भयो।

म्यानचेस्टर सिटी ३० खेलबाट ७० अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा छ। पहिलो स्थानको आर्सनल सिटीभन्दा ३ अंक मात्रै अगाडि छ।

पराजित लेस्टर ३१ खेलबाट २५ अंक जोडेर १९औं स्थानमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?