दमौली : पूर्व गृहमन्त्री गोविन्दराज जोशीले कारवाही फिर्ता भनेर कांग्रेसले फेरि झुटको खेती गरेको बताएका छन् ।
मंगलबार राति सामाजिक सञ्जालमार्फत् जोशीले नेता तथा कार्यकर्ताको कारवाही फिर्ता भनेर दोस्रो पटक झुटको खेती गर्न खोजिएको बताएका हुन्
उनले सामाजिक सञ्जालमा लेखेका छन् :
** सावधान सावधान सावधान***
फेरी चुनाव नजिकिँदै जाँदा दोस्रोपटक नेपाली कांग्रेसले अर्को नाटक मञ्चन गरेको छ। यो तल्लो स्तरको नाटक बाट भ्रममा नपर्नमा तनहुँ बासी हरुलाई अनुराेध गर्दछू।
कस्तो अच्चम ७७ जिल्ला मध्य तनहुँ चितवन र बाराका तीन जिल्लामा मात्र कार्यबाहीमा परेका रहेछन काग्रेसका नेता कार्यकर्ताहरू ७४ जिल्लामा भने अनुशासित काग्रेस रहेछन। हामी कांग्रेसमा हुँदा यति तल्लो स्तरको निणर्य हरु केन्द्रीय कार्यसमिति र अरु समिति हरूले गर्दैनथे। भ्रम को खेती गर्ने बानी अहिले को नेपाली कांग्रेसलाई परी सके जस्तो छ।
कस्तो दुर्भाग्य,अहिलेको नेपाली कांग्रेसले सत्ता को लागि सिदान्त छोडेको छ अहिलेको नेतृत्वले आफ्नो ठुलो शत्रु असल,योग्य , क्षमतावान, इमानदार मानिसहरु लाई ठान्दछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?