उप–निर्वाचन बहिस्कार गर्न खोजेको आरोपमा कार्यकर्ता पक्राउ

उप–निर्वाचन बहिस्कार गर्न खोजेको आरोपमा कार्यकर्ता पक्राउ

दमौली : वैशाख १० गते हुने उपनिर्वाचन बहिष्कार गरौं भन्दै नारा लगाउने दमौलीबाट चार जना पक्राउ परेका छन् । नेकपा माओवादी बहुमत, नेकपा (मसाल) लगायत दलका कार्यकर्तालाई प्रहरीले व्यास नगरपालिका–३ अनसनचोकबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेकपा (मसाल)का केन्द्रिय प्रवक्ता राम बहादुर बुढा, केन्द्रीय सदस्य पुष्पलाल श्रेष्ठ, जिल्ला इन्चार्ज नर बहादुर थापा र जिल्ला प्रवक्ता धन बहादुर परियार रहेको मसालका एक नेताले जानकारी दिए ।

एक जना भने सामान्य व्यक्तिलाई पक्राउ गरेको नेताले गुनासो पोखे  ।

नेकपा माओवादी बहुमत, नेकपा (मसाल), बैज्ञानिक समाजवादी, नेकपा क्रान्तिकारी माओवादीका कार्यकर्ताहरुले अनसन चोकमा कार्यक्रम गरिरहेकामध्ये पाँच जना लाई प्रहरीले पक्राउ गरेको छ ।

संसदीय उपचुनाव बहिस्कार गरौँ, सङ्घीय गणतन्त्रको दिशामा अघि बढौँ भन्ने नाराका साथ सो मोर्चाले उपनिर्वाचन बहिस्कारको कार्यक्रम गर्न लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?